
१९ मङ्सिर, धनगढी । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।
घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताए । उनको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छन् । उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन् । आक्रमणबाट उनले एक आँखा गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताए । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको छ ।
वि.सं.२०७५ मंसिर १९ बुधवार १२:२८ मा प्रकाशित