back

सामाजिक सुरक्षा योजना कार्यान्वयनको माग

वि.सं.२०७५ मंसिर १९ बुधवार

372 

shares
IME Limited
NTC AD

१९ मङ्सिर, बुटवल । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको मजदूर सम्बद्ध संस्थाले मजदूरको अधिकार र सुरक्षाको ग्यारेन्टीका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा आएको बताए ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट प्रदेश नं ५ ले आज बुटवलमा पत्रकारसँग गरेको छलफलमा सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाको पूर्ण कार्यान्वयन हुनसके मजदूरको सामाजिक सुरक्षा सुनिश्चित हुने भएकाले यसको पूर्ण कार्यान्वयनको माग गरेको छ ।

जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सुरक्षा योजना सम्पूर्ण मजदूरको हकहित र सुरक्षाका लागि अहिलेसम्मकै महत्वपूर्ण रहेकाले रोजगारदाताले योजनाको पूर्ण कार्यान्वयनका ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिफण्टका प्रदेश अध्यक्ष हरि कार्र्कीले सुरक्षा योजना कार्यान्वयनका लागि मजदूर र रोजगारदाताबीच सहकार्य जरुरी रहेको बताए ।

यस्ता योजनामा औपचारिक क्षेत्रका कामदार मात्र बढी सहभागी हुने अवस्था रहे पछि सरकारले निजी क्षेत्र, ट्रेड युनियन प्रतिनिधिको समेत सहभागितामा नयाँ सामाजिक सुरक्षा ऐन बनाएको हो । यो योजना कार्यान्वयनमा आएपछि पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकले स्वास्थ्य, दुर्घटना, अशक्तता, पारिवारिक सुरक्षा, निवृत्तिभरणलगायतका सुविधा पाउनेछन ।

वि.सं.२०७५ मंसिर १९ बुधवार १५:४१ मा प्रकाशित

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न...

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच...

‘लालीबजार’ मा स्वस्तिमा

‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण...

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट...

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा...

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा...