back

युएइका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

वि.सं.२०७५ मंसिर १९ बुधवार

363 

shares
IME Limited
NTC AD

 

१९ मङ्सिर,काठमाडौँ  । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत सइद हममन अल नाक्बीले शिष्टाचार भेट गरेका छन् ।

उपप्रधानमन्त्रीले पोखरेलले नेपाल र युएइबीच विगत चार दशकदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्ध आगामी दिनमा अझ बढी प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

भेटघाटका क्रममा उपप्रधानमन्त्रीले झण्डै दुई लाखको हाराहारीमा आप्रवासी नेपाली कामदार रहेको युएइसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको र नेपालमा युएइका उद्यमी व्यवसायीको लगानीलाई प्रवद्र्धन गर्न सरकारले लगानी मैत्री नीति तथा कार्यक्रम अघि बढाइरहेको विचार व्यक्त गरे ।

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालको छ दशक लामो अनुभव रहेको कुरा उल्लेख गर्दै नेपाली सेना र युएइबीच अनुभव आदानप्रदानलगायत सैन्य क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उपप्रधानमन्त्रीले औँल्याए ।

राजदूतले नाक्बीले युएइ र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रका रूपमा रहेको चर्चा गर्दै युएइमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको र तिनले हालका दिनमा सुरक्षा, निर्माण तथा सेवा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए ।

संयुक्त अरब इमिरेटसका लगानीकर्ता नेपालको कृषि, पर्यटन, यातायात, परिवहन तथा विमानस्थल व्यवस्थापनलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाले त्यसका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिदिन उनले आग्रह गरेको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए । भेटका अवसरमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिकोसमेत उपस्थिति थियो ।

वि.सं.२०७५ मंसिर १९ बुधवार २०:४० मा प्रकाशित

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

काठमाडौँ । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने...

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा...

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...