back

नेका केन्द्रीय समितिको बैठकमा आर्थिक नीति प्रस्तुत

वि.सं.२०७५ मंसिर १९ बुधवार

393 

shares
IME Limited
NTC AD


१९ मङ्सिर, काठमाडौँ । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेक्रम जारी रह्यो ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल तथा केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा राखेका थिए ।

काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए ।

आजको बैठकमा समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट समितिका संयोजक एवम् सहमहामन्त्री डा प्रकाशशरण महतले आर्थिक नीतिको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए । मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ । अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वि.सं.२०७५ मंसिर १९ बुधवार २०:५२ मा प्रकाशित

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा...