back

स्वास्थ्य स्वयंसेविकाद्धारा समाजिक सुरक्षाको माग

वि.सं.२०७५ मंसिर २० बिहीवार

336 

shares
IME Limited
NTC AD

२० मंसिर, कञ्चनपुर । निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन् ।

बिहानदेखि स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाको घरदैलोमा पुग्ने महिला स्वयंसेविकाले सेवा भावनाले काम गर्दै आए पनि बाँच्नका लागि आर्थिक अभाव खेप्न बाध्य छन् । बिहानै एक छाक खाना खाएर सामाजिक कार्यका लागि घरबाट निस्कने कञ्चनपुर शुक्लाफाँटाका महिला स्वास्थ्य स्वयंसेविका पुष्पा केसीले भनिन् , “साँझ पर्दा रित्तो हात घर फर्कंन्छौँ । हाम्रो पनि परिवार छ । खान लाउन पर्छ, त्यसका लागि सरकाले व्यवस्था गरिदिनु पर्छ ।”

स्वास्थ्यका क्षेत्रमा समाजले कोल्टे फेरे पनि अझै महिला स्वास्थ्य स्वयंसेविकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको उनको गुनासो छ । “महिला स्वयंसेविकाका लागि पैसा छुट्याउनु हुँदैन भनेर स्थानीय तहकै जनप्रतिनिधिले भन्ने गरेका छन्,” उनले भने “प्रोत्साहनका लागिसमेत रकम नपाउने भए सामाजिक क्षेत्रमा खटन गाह्रो छ ।”

“परिवार नियोजनका अस्थायी साधन बोकेर स्थानीय बासिन्दाको घरदैलोमा पुग्दा समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ,” स्वयंसेविका रानाले भनिन्, “जनसङ्ख्या नियन्त्रण गर्ने र सुखी परिवार बनाउनका लागि गरेको कार्य हेरिँदैन । समाजमा जनचेतना फैलाउने कार्यले स्वास्थ्यप्रतिको जागरुकता बढेको हेरिँदैन ।”

“स्वास्थ्य प्रवद्र्धन गर्ने, जनचेतना फैलाउने, खोप लगाउने, मातृ र नवजात शिशु मृत्युदर घटाउने, कुपोषण हटाउने, सुत्केरी हुन स्वास्थ्य संस्था जान प्रोत्साहित गर्ने, सरुवा रोग नियन्त्रण गर्ने, व्यक्तिगत सरसफाइ र वातावरण सरसफाइबारे जनचेतना फैलाउने वचन दिएका छौँ,” अर्की स्वयंसेविका लक्ष्मी भट्ट भन्छिन् ।

उनले दिनरात खटिएर कामा गरेको र, अझै कार्य क्षेत्रमा खटिन तत्पर रहेको बताइन् । “सामाजिक कार्यमा लागेपछि बूढेसकालमा बाँच्नका लागि सरकाले समाजिक सुरक्षा योजनामा महिला स्वयंसेविकालाई समेत समेटनुपर्छ, महिला स्वास्थ्य स्वयंसेविकाको नाम छ, काम छ, दाम छैन,” भट्टले भनिन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन अहम् भूमिका खेलेको बताए । “महिला स्वास्थ्य स्वयंसेविकाकै कारण बिरामी पर्दा अस्पताल जान सिक्यौँ,” उनले भने “उहाँहरुको सम्मानका लागि प्रदेश सरकारले जीवन धान्ने गरी योजना ल्याउन लागेको छ ।”

समृद्धि ल्याउनका लागि स्वास्थ्य र कृषिलाई जोडेर योजना बनाइने उनले बताए । उनले भने, “स्वयंसेविकाले समाजमा जुन विश्वास आर्जन गर्नुभएको छ त्यसकै आधारमा जीवनस्तर माथि उठाउने कार्यक्रममा सघाउ पु¥याउनोस् सबैसँग बसेर योजना बनाई त्यसकै आधारमा अगाडि बढ्ने प्रयत्न प्रदेश सरकारले गर्नेछ ।”

वि.सं.२०७५ मंसिर २० बिहीवार १६:१५ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...