back

प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

वि.सं.२०७५ मंसिर २० बिहीवार

252 

shares
NTC AD

२० मङ्सिर वीरगञ्ज । प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।

हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन । आयोगले प्रदेश नं २ को आठ वटै जिल्लामा सुझाव सङ्कलन गरी ४५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछन ।

यसै क्रममा संवाद तथा सुझाव आयोगले आज वीरगञ्जमा प्रदेश नं २ को प्रदेश राजधानी र प्रदेशको नामाङ्कन सम्बन्धित सुझाव सङ्कलन कार्यको थालनी गर्दै एक कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले धार्मिक दृष्टिकोणले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोणले वीरगञ्ज समृद्ध भएको, अन्तर्राष्ट्रिय मापदण्ड वीरगञ्जमा भएको, मधेश आन्दोलनको उद्गमस्थल वीरगञ्ज भएको धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश नंं २ को स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा विभिन्न वक्ताले प्रदेश नं २ को नाम—जानकी प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेश हुनुपर्ने सुझाव दिएका थिए । संवाद तथा सुझाव आयोगका संयोजक हरिवंश झाको सभापतित्वमा भएको सो सुझाव सङ्कलन कार्यक्रममा प्रदेश नं २ का आन्तरिक मामिला तथा उद्योग राज्यमन्त्री उषा यादव, सांसद प्रदीप यादव, प्रदेश सांसद मञ्जुर अन्सारी, श्याम पटेल, उपप्रमुख शान्त्ति कार्की, सांसद हरिनारायण रौनियार, महिला नेत्री सुषमा तिवारी, मुन्नी श्रीवास्तव, राजपाका महासचिव राजेशमान सिंह, केन्द्रीय सदस्य रम्भा मिश्र, ओमप्रकाश सर्राफ, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार लगायतका नेता तथा बौद्धिक समाजका व्यतिmहरुले आ–आफ्नो सुझाव दिएका थिए ।

वि.सं.२०७५ मंसिर २० बिहीवार १६:२५ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...