२१ मंसिर, काठमाडौं । काठमाण्डौ महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एउटै पोसाक लागु गर्ने भएको छ । ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोसाकमा रुकरुपता ल्याउन लागिएको महानगर शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जनाए ।
‘विदेशका महानगरमा रहेका सामुदायिक विद्यालयको पोसाक एउटै हुन्छ,’ उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोसाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौं ।’ आजको कान्तिपुर दैनिकसमा समाचार छ ।
वि.सं.२०७५ मंसिर २१ शुक्रवार ०७:४६ मा प्रकाशित