२१ मंसिर, काठमाडौं । सबैभन्दा माथिल्लो न्यायिक निकाय सर्वोच्च अदालतमा लामो समयदेखि न्यायाधीश अभाव हुँदा न्याय सम्पादनमा असर परेको छ । न्यायाधीशका दुई दरबन्दी रिक्त भएको डेढ वर्ष बित्दा पनि न्याय परिषद्ले नियुक्तिको निर्णय लिन सकेको छैन । तत्काल परिषद् बैठक बस्ने पनि तय भएको छैन् ।
न्यायाधीशको अभावमा विहिबार मात्र पेसी तय भएर पनि ८१ थान मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परे । ती मध्ये प्रधानन्याधीश ओम प्रकाश मिश्र न्यायाधिश केदारप्रसाद चालिसे र बम कुमार श्रेष्ठको पूर्ण इजलासमा २, न्यायाधीश दीप कुमार कार्की र टेक बहादुर मोक्तानको संयुक्त इजलासमा ८, शारदाप्रसाद घिमीरे र पुरुषोत्तम भण्डारी संलग्न इजलासमा २६, मीरा खड्का र तेजबहादुर केसीको इजलासमा ८, हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र डम्बरहादुर शाहीको पूर्ण इजलासमा १५, अनिल कुमार सिन्हा र सपना प्रधानमल्लको इजलासमा २२ गरी ८९ थान ‘मुद्दा हेर्न’ नभ्याइने सूचीमा परे । आजको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७५ मंसिर २१ शुक्रवार ०८:१० मा प्रकाशित