back

पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली

वि.सं.२०७५ मंसिर २१ शुक्रवार

411 

shares
IME Limited
NTC AD

२१ मङ्सिर,बेझाड ।  पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नंको बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा समूहले खुशीयालीमा झाँकीसमेत देखाएका थिए ।

गाउँमा पहिलो पटक बस भित्रिँदा निकै रमाइलो लागेको स्थानीयवासी तुकबहादुर सोतीले बताए । पाल्पाको रामपुर बजारदेखि साना जिप सञ्चालनमा आए पनि सडक समस्याका कारण ठूला गाडी गाउँमा पुग्न सकेका थिएनन् ।

अब नियमित रूपमा रामपुरदेखि लेखमलाङसम्म बस सेवा सञ्चालन गर्ने तयारी रहेको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले बताए । निस्दी गाउँ पालिकाले गत वर्ष रु ५५ लाख खर्च गरेर सहलकोट आनन्दीभन्ज्याङदेखि लेखमलाङ हुँदै डमराको भोटाहासम्म सडकको ट्र्याक खोले पनि वर्षाका कारण पहिरोले सडक अवरुद्ध बनेको थियो ।

अहिले स्थानीयवासीको सक्रियतामा सडक मर्मत गरेपछि बस गाउँमा पु¥याउन सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर पुलामीले बताए ।स्थानीयवासीले गाउँमा रामपुरदेखि नियमित बस सेवा सञ्चालन गराउन रामपुर यातायात व्यवसायी समितिलाई आग्रह पनि गरेका थिए ।

साना जिपमा यात्रुको चाप बढी हँुदा जोखिमपूर्वक यात्रा गर्न बाध्य भएकामा नियमितरूपमा बस सेवा सञ्चालनमा भए गाउँमा उत्पादित कृषिजन्य सामग्री रामपुर बजारसम्म पु¥यउन सहज हुने र सजिलोसँग यात्रा गर्न पाइने स्थानीयवासीले आशा गरेका छन् ।

वि.सं.२०७५ मंसिर २१ शुक्रवार १२:०० मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...