back

किसानलाई आधुनिक मौरी घार वितरण

वि.सं.२०७५ मंसिर २१ शुक्रवार

387 

shares
IME Limited
NTC AD

२१ मङ्सिर, वालिङ । स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिकाको ५, ६, ७, ८ र ९ नं गरी पाँच वटा वडाका ५० मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।

“पहिलो चरणमा पाँच वडाका ५० मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान ग¥यौँ”, नगर प्रमुख छायाराम खनालले भने, “व्यावसायिकरूपमा अगाडि बढाउन उत्सुक हुनुभएकाले तालीमप्राप्त गरेका किसानलाई मौरीपालन नगरपालिकाले ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार प्रदान गरेका हौँ ।”

रु सात हजार ५०० पर्ने मौरी गोलासहित प्रतिघारलाई नगरपालिकाले रु तीन हजार ७५० मा किसानलाई उपलब्ध गराएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए । नगरपालिकाका अधिकांश भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त मानिन्छ । मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाई महको उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्यले आधारभूत तालीम तथा मौरी घार वितरण गरिएको नगर प्रमुख खनालले बताए ।

“पर्याप्त मौरी गोलासहितको घार प्राप्त नभएकाले हामीले एकैपटक नगरभरि यो अभियान सञ्चालन गर्न सकेनौँ”, नगर प्रमुख खनालले भने, “मौरीको आधुनिक घार ल्याइसकेका छौँ, त्यसमा गोलासहित आगामी दिनमा बाँकी रहेका १, २, ३ र ४ वडाका ५० मौरीपालक किसानलाई वितरण गर्ने तयारीमा छौँ ।”

मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाउन नगरपालिकाले मौरी सहकारी दर्ता गर्न पहल गरिदिने र सोही सहकारीमार्फत तालीम तथा खरीद विक्रीको व्यवस्था मिलाइने उनले बताए ।

 

वि.सं.२०७५ मंसिर २१ शुक्रवार १५:०३ मा प्रकाशित

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको...

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–१४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

तरबुजा बिक्री गरेर १२ लाख आम्दानी

घोराही । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र...

दुई किसानले बेचे १५ लाखभन्दा बढीका तरबुजा

दुई किसानले बेचे १५ लाखभन्दा बढीका तरबुजा

गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले...

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

राँझा (बाँके) । बाँकेका किसानले एक लाख २८ हजार बढी...