back

एसिया प्यासिफिकको छैठौ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन आजदेखि

वि.सं.२०७५ मंसिर २२ शनिवार

252 

shares
NTC AD

गैरआवासीय नेपाली संघको एसिया प्यासिफिकको छैठौ“ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन आजदेखि सुरु भएको छ ।

‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहेको उक्त सम्मेलन हङकङको काउलुन होटेलमा सम्पन्न् हुँदैछ ।
सम्मेलनमा नेपालमा लगानी प्रबद्र्धनका विषयमा बृहद छलफल हुने बताइएको छ । साथै ठूल–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी तथा त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाहरु, एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्याको पहिचान तथा समाधानका विषयमा विशेष छलफल गरिने बताइएको छ ।

त्यस्तै क्षेत्रीय सम्मेलनस“गै प्रथम महिला सम्मेलन पनि हुने भएकाले एसियाली क्षेत्रमा बस्ने नेपाली महिलाका विषयमा पनि गहन छलफल गरिनेछ । त्यसमा विशेषतः महिलामाथिको हिंसा, यौन दुव्यवहार लगायतका विषयलाई प्रमुख एजेन्डा बनाई, त्यसका लागि एनआरएनको भूमिका कस्तो रहनुपर्ला भन्ने बारेमा छलफल गरि त्यसको निष्कर्षको आधारमा सरकारको ध्यानाकर्षण गराउने तयारी रहेको संघले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्तामा हुन लागेको उक्त सम्मेलन आज र भोली गरी दुईदिनसम्म चल्नेछ ।
सम्मेलनमा र्सघका भूपू अध्यक्षहरु उपेन्द्र महत्तो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन, वर्तमान अध्यक्ष भवन भट्टलगायत आइसीसीका पदाधिकारी, एनआरएन यूरोप, अमेरिका, मध्यपूर्व, ओसनीया क्षेत्रका गैरआवासीय नेपाली प्रतिनिधीहरु, हङकङका सरकारी निकायका अधिकारी र यस क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
त्यस्तै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, उद्यमी एवं व्यवसायी राजेन्द्र खेतानका साथै विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वहरू सहित करीब ३ सय ५० जनाको सहभागिता रहने पनि संघले जनाएको छ ।
एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण विक्रम थापाको संयोजकत्वमा सम्पन्न गर्न लागिएको उक्त सम्मेलन सहसंयोजकद्वय विनोद कु“वर, पारसमणी पोख्रेल तथा प्रत्येक देशका अध्यक्षसहितको समिति परिचालित छ ।
त्यसैगरी सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्न स्थानीय रुपमा एनसीसी हङकङका अध्यक्ष राधिका गुरुङ (टीका) लगायत राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण पदाधिकारी लागि परेका छन् ।

 

वि.सं.२०७५ मंसिर २२ शनिवार १५:३५ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...