back

देश निर्माणका लागि इञ्जिनीयरको भूमिका महत्वपूर्ण–प्रधानमन्त्री

वि.सं.२०७५ मंसिर २२ शनिवार

390 

shares
IME Limited
NTC AD

२२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए । सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले भने “तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।”

राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो’ प्रधानमन्त्री ओलीले भने, “यसमा सरकार प्रतिबद्ध छ । सरकारको यस अभियानमा इञ्जिनीयरको साथ सहयोग जरुरी छ ।’

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । “सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ”, प्रधानमन्त्रीले भने, “केही मानिसले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौँ ।”

प्रधानमन्त्रीलाई भेट्न एशोसिएशनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इञ्जिनीयरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताएको सचिवालयले जनाएको छ ।

वि.सं.२०७५ मंसिर २२ शनिवार १६:२३ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...