back

तीन दाजुभाईद्वारा दश लाखको छात्रवृत्ति कोष स्थापना

वि.सं.२०७५ मंसिर २२ शनिवार

156 

shares
NTC AD

२२ मङ्सिर, बागलुङ । यहाँका तीन दाजुभाइले बुबाआमाको नाममा दश लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । बागलुङ नगरपालिका–३ टारीका युवराज, जगदीश र महेन्द्र उपाध्याय पौडेलले बुबा स्व विद्यानाथ र आमा विष्णुकुमारी उपाध्याय पौडेलको नाममा ‘विद्या–विष्णु जेहन्दार छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेका हुन् ।

आमा विष्णुकुमारी ८९ वर्षमा प्रवेश गरेको अवसरमा आज एक कार्यक्रमको आयोजना गरी अक्षयकोष घोषणा गरिएको हो । कोषमा रहने दश लाख बराबरको ‘चेक’ र संस्था दर्ताको प्रमाणपत्र पौडेल दाजुभाइले कोषका अध्यक्ष बैकुण्ठ सापकोटालाई प्रदान गरेका थिए ।

जेहन्दार र विपन्न परिवारका विद्यार्थीको पढाइमा टेवा पुगोस् भनेर कोष खडा गरेको कोषका संस्थापक तथा संरक्षक महेन्द्र उपाध्याय पौडेलले बताए । “बुबाको प्रेरणासँगै सामाजिक दायित्व सम्झेर कोष स्थापना गरेका हौँ,” उनले भने । कोषको रकम वृद्धि गर्दै लगिने परिवारजनले जनाएका छन् ।

घोषणा समारोहमा सांसद मनकुमारी केसीले पौडेल परिवारले अनुकरणीय कार्य गरेको बताइन् । “असल सन्ततिले मात्र बुबाआमालाई अमर राख्न सक्छन्, आज त्यो तपाईंहरुले गर्नुभएको छ,” उनले भनिन्, “यस्ता कार्यले अरूलाई पनि उत्प्रेरणा मिल्छ ।”

शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रलाई समेट्ने गरी कोष स्थापना हुनु सुखद रहेको उनको भनाइ थियो । कोषबाट बर्षेनी आउने ब्याज रकम विद्यार्थीको पढाइ र स्वास्थ्यमा खर्च गरिने कोषका अध्यक्ष सापकोटाले बताए ।

ब्याजको ३० प्रतिशत रकम धवलागिरि वीरेन्द्र माविका विद्यार्थीको हितमा उपयोग गरिने उनको भनाइ छ । बाँकी रकमबाट साबिक धवलागिरि अञ्चलभित्रका चार जिल्लामा माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ र १२ मा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

वि.सं.२०७५ मंसिर २२ शनिवार २०:४२ मा प्रकाशित

ADBL AD
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन...

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको...

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका...

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता...