२३ मंसिर काठमाडौ । नेपालमा ठुलो भुकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरुहरुले सुरीक्षत र बलियो बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा जोखिम रहेको दाबी गरेका छन् ।
ज्वाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भुगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानकाले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तरखण्ठ र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठुलो भुकम्प जान सक्ने देखाएको छ ।
दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भुकम्प जान सक्छ, अध्ययन प्रतिवेदनमा भनिएको छ , नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तरखण्ड ठुलो भुकम्पका सम्भावना छ ।
जियोलोविकल सर्भे अफ इन्डियासँग भएको भुबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा,गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसओले भूउपग्रहबाट खिचेको तस्बिरको सहयोगमा भुकम्पीय जोखीमको अध्ययन अनुसन्धान गरिएको भूगर्भविद् राजेन्द्रले जानकारी दिए ।आजको राजधानी दैनिक समाचारमा लेखिएको छ ।
वि.सं.२०७५ मंसिर २३ आइतवार ०७:५९ मा प्रकाशित