श्रीमान -श्रीमतीका बीचमा यस्तो पनि समय आउँछ जुन समय तपाइ मायामा असुरक्षित भएको महसुस गर्नुहुन्छ । यहिकारण तपाइ हरेक समय चिढ–चिढाउनु हुन्छ कि, तपाइको जीवनसाथी आफूबाट टाढा हुँदै गइरहेको छ भनेर । यस्तोबेला तपाइले अप्रिय निर्णय समेत लिने सोच बनाउनु पनि हुन्छ । त्यसकारण कुनै पनि निर्णय लिनुभन्दा पहिले आफ्नो जीवनसाथीको आनी बानीमा ध्यान दिनुहोस् के उ साच्चै तपाइबाट टाढा हुँदै छ त ?
भविष्यको योजना नबताउनु-विहे भएपछिका सुरुका समयमा आफ्नो जीवनसाथीसँग घण्टौ बसेर भविष्यको योजनाको छलफल हुन्छ । तर तपाइको साथी यतिबेला यस्ता कुरामा ध्यान दिएका छैनन् या सम्बन्ध कसरी अगाडि बढाउदै लैजाने भनेर सल्लाह गर्दैनन् भने यसलाई सम्बन्धमा समस्या आउन सुरु भएको भनेर बुझ्न सकिन्छ ।
म्यासेजको जवाफ नदिनु-तपाइले पटक–पटक म्यासेज गर्नु र उनले तपाइको म्यासेजको बेवास्ता गर्नु तथा धेरैबेरपछि जवाफ दिनु पनि राम्रो मानिदैन । कहिलेकाँही यस्तो भए पनि दिनहुँ यस्ता समस्या बढ्दै जानुले तपाइको जीवनसाथीले सम्बन्धलाई वेवास्ता गरेको मानिन्छ ।
समय नदिनु-यदि तपाइ दुवैजना नोकरी या कुनै पेशा व्यवसायमा हुनुहुन्छ भने तपाइ दुवैजनासँग समयको अभाव हुन्छ नै । यस्तोमा तपाइ सँगै केही समय विताउने कोशिष पनि गर्नुहुन्छ । यस्तोमा बेलुकाको खाना सँगै खानु, हप्ताको एकदिन घरमै बसेर परिवारसँग खाना खानु, कुनै ठाउँ घुम्न जानु पनि राम्रो हुन्छ । तर जतिखेर पनि काममै फोकस रहने र वेवास्ता गर्ने जीवनसाथी तपाइसँग खुसी नरहेको मानिन्छ ।
वि.सं.२०७५ मंसिर २३ आइतवार ०८:४० मा प्रकाशित