back

एक वर्षमा एनजिओले गरे २० अर्ब खर्च

वि.सं.२०७५ मंसिर २३ आइतवार

273 

shares
NTC AD

२३ मंसिर काठमाडौ । गैरकारी सरकारी संस्थाहरु एनजिओले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७४-७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । एनजिओहरुले सन्चानल गरेका कार्यक्रममा प्रभावकारी रुपमा अनुगमन हुन नसक्दा उपलब्धि भने निकै कम हुने गरेको छ ।
समाजकल्याण परिषद्ले गराएको जानकारी अनुसार आव २०७४-७५ मा ७ सय २३ एनजिओहरुले २० अर्ब १ करोड ४२ लाख ७३ रुपैयाँ खर्च गरेका छन् । यसमध्ये करिब साढे २ अर्ब रुपैयाँ हर्च गर्दा परिषद्को पुर्वस्वीकृति लिएका छैनन् ।

परिषद् स्रोतका अनुसार आव २०७४-७छ का लागि ७ सय २३ एनजिओले १ हजार १ सय ८१ कार्यक्रम सन्चालन गरेका छन् । त्यसमध्ये करिब आधा दर्जन एनजिओले एक वर्षमै १ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । कारितास नेपाल,कृपा,लायन्स क्लब,प्रेस सागर फाउन्डेसन,ब्लु डायमन्ड छोरी नेपाल,चेली नेपाल चौधरी पायन्डेसन लगायतका एनजीओले बजेट तुलनात्मक रुपमा अरुको भन्दा बढी छ ।

छोरी नेपाल,चेली नेपाल हाम्रो घर ,सोसल साइन्स जस्ता एनजिओले १० करोडभन्दा बढी बजेट खर्च गरेका छन् । सुर्खेतमा रहेको क्रियाशिल पत्रकार समुहले गत आवमा करिब १६ लाख रुपैयाँ खर्च गरेको छ । परिषद् बाट स्वीकृत नलिई मनपरि ढंगबाट खर्च गर्ने एनज्ओिलाई अनुशासनको दायरामा ल्याउन आवाश्यक रहेको परिषद्का कर्मचारीहरु बताउँछन् । आजको नागरिक दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर २३ आइतवार ०८:५१ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...