back

चिसोको मौसममा यसरी गर्नुहोस् छालाको सुरक्षा

वि.सं.२०७५ मंसिर २३ आइतवार

531 

shares

जाडोको मौसममा छाला सम्बन्धी विभिन्न समस्याले सताउने हुँदा छालाको सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ । छाला सुरक्षित तथा कोमल बनाइराख्नका लागि यी कुरामा ध्यान दिनुहोस् ।

चिसोको मौसममा नुहाउँदा धेरै समय लगाउनु राम्रो होइन । साथै साबुनको प्रयोग पनि कम गर्नु नैर राम्रो हुन्छ । चिसोको मौसममा स्क्रबको प्रयोग त झनै गर्नु हुँदैन ।

नुहाउनका लागि १० मिनेट लगाउँदा राम्रो हुन्छ । नुहाउँदा धेरै तातो पानी भन्दा पनि मन तातो पानी प्रयोग गर्नुहोस् । बढी तातोले छालामा सुख्खा पन ल्याउँछ ।
नुहाउँदा साबुनको साटो मश्चुराइजिङ क्लिन्जर प्रयोग गर्नुहोस् । यसले छालामा आउने सुख्खापन बाट बचाउछ । यदि तपाइको छालामा बढी सुख्खापन आउछ भने साबुनरहित किंजलर प्रयोग गर्नु उपर्युक्त हुन्छ ।

छालाको सुरक्षाका लागि यी हुन् घरेलु उपचार
तपाइले छालाको सुरक्षाका लागि घरेलु उपचार पनि गर्न सक्नुहुन्छ । यसले तपाइको छालामा सुन्दरता ल्याउँछ ।

तपाइले घरमा प्राकृतिक रुपमा छालाको उपचार गर्दा थोरै कपास दूधमा डुबाउँदै अनुहार सफा गर्न सक्नुहुन्छ । यसलाई थोरै समय हावामा सुक्न दिएपछि मनतातो पानीले अनुहार धुन सक्नुहुन्छ । किनकि काँचो दूध पनि एक प्राकृतिक किलींजर हो । यसको प्रयोगले छालामा कोमलता र सुन्दरता छाउँछ ।

चिसोको मौसममा बजारबाट ल्याइएको स्क्रबले नोक्सान पुर्याउने हुनाले नुहाउन भन्दा पहिले प्राकृतिरुपमा स्क्रब गर्नुहोस् । तपाइले दहीमा आँटाको चोकर, बेसन र थोरै बेसार मिलाएर पेस्ट बनाउन सक्नुहुन्छ ।

उक्त घरमै बनाएको पेस्टलाई पूरै शरीरमा लगाएर हल्का गरी हातले ३–४ मिनेट सम्म मालिश गरेजस्तै गरेर लगाउन सक्नुहुन्छ । यसले तपाइको छालामा कोमलता आउँछ । साथै तपाइले तातो दूधमा सूजी मिलाएर पेस्ट बनाउन पनि सक्नुहुन्छ ।

वि.सं.२०७५ मंसिर २३ आइतवार ०९:३३ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...