back

किरात भाषा प्रचारक सिरिजङ्गाको पूर्णकदको सालिक निर्माण

वि.सं.२०७५ मंसिर २३ आइतवार

396 

shares
IME Limited
NTC AD
२३ मंसिर, बनियानी । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिं थेवेको सालिक निर्माण गरिएको छ । स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजङ्गा सम्मानका लागि सालिक निर्माण गरिएको हो । रु १४ लाखको लागतमा पाँच फिट ६ इञ्चको पूर्णकदको सालिक निर्माण गरिएको सिरिजङ्गा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिए ।

सालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले रु एक लाख ५० हजार, विदेशमा रहेका नेपालीबाट रु आठ लाख र स्थानीयवासीले रु ११ लाख ५० हजार गरी रु २० लाख सङ्कलन भएको उनले बताए ।

सालिक सिरिजङ्गाको ३१५औँ जन्मजयन्तीका अवसरमा मङ्सिर २९ गते अनावरण गरिने भएको छ । सालिक अनावरण गर्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक बालकृष्ण माबुहाङ आउने स्मारक निर्माण समितिका सचिव बुद्धिराज लक्सम्बाले जानकारी दिए । सालिक निर्माण गरी बचत भएको रकम सालिक संरक्षण कोष स्थापना गरी राखिने भएको छ । “बचेको रकमले कोष निर्माण गर्नेछौँ”, उनले भने, “कोषमा रकम थप्दै बर्से्नि मर्मत–सम्भार र किरात भाषा, लिपिको विकासमा खर्च गरिनेछ ।”

सिरिजङ्गाको सालिक मोरङ पथरीका मूर्तिकार दिलमान बेघाले निर्माण गर्नुभएको हो । २०७४ साल चैत २४ गते नौ सदस्यीय समिति निर्माण सालिकको शिलान्यास गरिएको थियो । पल्लो किरात लिम्बुवान् याङ्वरक थुम तेल्लोकमा बुबा पारुहाङ र आमा पुद्याङ्माको खोजबाट १७६१ साल मङ्सिर २९ गते सिरिजङ्गाको जन्म भएको थियो । सरकारले सिरिजङ्गाको तस्बीर अङ्कित हुलाक टिकटसमेत प्रचलनमा ल्याइसकेको छ । सिरिजङ्गाले चलाएको लिपिलाई नै सिरिजङ्गा लिपि भनिन्छ । जुन किरातहरुको आफ्नो लिपि हो ।

पश्चिम सिक्किमको मार्ताम गाउँको चिप्लेटी ढुङ्गामा आफ्ना चेलाहरूलाई लिम्बू भाषा लिपि पढाइरहेका बखत टासोङ भिक्षुहरूले सिरिजङ्गालाई समातेर रूखमा बाँधेर धुनकाँणले हानेर १७९८ सालमा हत्या गरेका थिए । सिरिजङ्गाको सालिक झापाको कनकाई नगरपालिकाको दुर्गापुर र भद्रपुरको पृथ्वीनगरमा समेत निर्माण गरिएको छ । शिवसताक्षीमा निर्माण गरिएको सिरिजङ्गाको सालिक जिल्ला तेस्रो हो ।

वि.सं.२०७५ मंसिर २३ आइतवार १६:०८ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...