back

एक वर्षमा एक हजार २७५ लैङ्गिक हिंसाका उजुरी

वि.सं.२०७५ मंसिर २३ आइतवार

483 

shares

२३ मङ्सिर, काठमाडौँ । राष्ट्रिय महिला आयोगले पछिल्लो एक वर्षमा एक हजार २७५ लैङ्गिक हिंसाका उजुरी आयोगमा दर्ता भएको जनाएको छ ।

आयोगले हिंसा न्यूनीकरण गर्न एक वर्ष अगाडि स्थापना गरेको हेल्पलाइनमा सो सङ्ख्यामा पीडितका उजुरी दर्ता भएका हुन् । आयोगमा आव २०७३/०७४ मा १२५ मुद्दा दर्ता भएका थिए । आयोगले आफ्ना साझेदार संस्था र अन्य निकायमार्फत ३०२ जनालाई कानूनी परामर्श दिएको छ । विगतमा हेल्पलाइनको व्यवस्था थिएन । हाल ११४५ मा फोन गरेर हिंसाबारे आयोलाई जानकारी गराउन सकिन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सम्बोधन पत्रिकाको आज विमोचन गर्दै दण्डहीनताका कारण दिन प्रतिदिन हिंसाका घटना बढ्दै गएकाले घटना न्यूनीकरण गर्न अब स्थानीय सरकार संवेदनशील हुनुपर्ने बताए । महिला आयोगका सचिव अनिलकुमार ठाकुरले हिंसासम्बन्धी घटना बाहिर आएपछि आफ्नो संस्थाले प्रभावितका लागि मनोसामाजिक, कानूनी, आश्रयगृह, बालसंरक्षण, अत्यावश्यक औषधोपचार, मध्यस्थता तथा अन्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

वि.सं.२०७५ मंसिर २३ आइतवार १९:३० मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी...

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर...