२४ मंसिर काठमाडौ । महिलाले दैनिक जसो प्रयोग गर्ने सौन्दर्य सामाग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक पाइएको छ । गुणस्तर तथा नापतौल विभागले ६६ ब्रान्डका सौन्दर्य सामाग्रीको परिक्षण गरी तयार पारेको प्रतिवेदनमा रसायनको मात्रा अधिक रहेको उल्लेख छ ।विभागले सबै ब्रान्डका स्वदेशी तथा आयातीत सौन्दर्य सामाग्री परिक्षण गरेको थियो ।
त्यसक्रममा सिसा,मर्करी,क्रोमिएस,टिटानियमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको हो । विभागमा केमिस्ट अम्बिका गैरेका अनुसार राष्ट्रिय गुणस्तर नभएकोले परीक्षणका लागि भारत ,अमेरिकाको युएसएफडीए र विश्व स्वास्थ्य संगठन डब्लुएचओ को मापदण्डलाई आधार बनाइएको थियो । सौन्दर्य सामाग्रीका लागि मापदण्ड नभए पनि प्रचलित विदेशी मापदण्डका आधारमा परीक्षण गरेका थियौँ,उनले भनिन्,लिपिस्टिक र क्रिममा रसायनको मात्रा अत्यधिक छ । आजको कान्तिपुर दैनिक समाचारमा लेखिएको छ ।
वि.सं.२०७५ मंसिर २४ सोमवार ०८:३४ मा प्रकाशित