२४ मंसिर काठमाडौ । मानव तस्करी र श्रम शोषणको आरोप लागेको अस्टे«लियाका लागि नेपाली राजदुत लक्की शेर्पा आइतबार परराष्ट्र मन्त्रालयमा स्पष्टिकरण दिन हाजिर भएकी छन् । लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले उनललाई बोलाएको हो ।
पुर्वअर्दली वाड्छु शेर्पाले राजदुतमाथि आफुलाई श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएपछि परराष्ट्रले छानबिन समिति नै बनाएको छ । सोलुखुम्बुका वाङछुलाई शेर्पाले नै अर्दलीका रुपमा लगेकी हुन् ।
मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार परराष्ट्रले शेर्पाकोस्पष्टिकरण टुंगिएपछि राजदुतमा निरन्तरता दिने नदिने निर्णय लिने छ । वाङ्छरले राजदुतको अर्दली बन्न आफुले ३३ लाख रुपैयाँ बुझाएको दाबी गरेका छन् । लक्की शेर्पाकी आमालाई ७ लाख ५० हजार , जग्गामा वाल लगाउन ११ लाख र बाँकी पैसा उहाँका श्रीमान न्वाङसोनम शेर्पालाई बुझाएको हुँ,उनले अस्टे«लियाबाट प्रसारण हुने एमएनटीभीसँगको अन्तर्वातामा भनेका छन् । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर २४ सोमवार ०८:४२ मा प्रकाशित