back

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

वि.सं.२०७५ मंसिर २४ सोमवार

192 

shares
NTC AD

२४ मङ्सिर, बेइजिङ, चीन ।  हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानाडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका छन् ।

मेङलाई यही डिसेम्बर १ मा क्यानडामा पक्राउ गरिएको थियो भने अमेरिकालाई सुपुर्दगी गर्ने बताइएको छ ।

चीनका उपविदेशमन्त्री ले युचेङद्वारा शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गरी टोरोन्टो स्टारले लेखेको छ, “बेइजिङले राजदूत म्याककालमसँग क्यानडामा पक्राउ परेका मेङलाई तत्काल छोड्न आग्रह गरिएको छ । राजदूतसँगको भेटमा मेङलाई तत्काल रिहा नगरिए यसको परिणाम राम्रो हुनेछैन ।”

मेङलाई गत हप्ता एउटा विमानबाट अर्कोमा जाने क्रममा क्यानाडाको भ्यानकुभर अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँ हङकङबाट मेक्सिको जाने क्रममा गैरकानूनी क्रियाकलापमा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई बढीमा तीस वर्षसम्मको जेल सजाय माग गरिएको छ ।

हुवावे कम्पनीका संस्थापक रेन झेङफेइकी छोरीसमेत रहेकी मेङले कम्पनीको मातहतको स्काइकम कम्पनीमार्फत इरानमा कारोबार गरेको र यो अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीको उल्लङ्घन भएको भन्दै पक्राउ गरिएको हो ।

अमेरिकी सरकारले कम्पनी र यसको चिनियाँ सरकारसँगको निकटतालाई निकै लामो समयदेखि हेरिरहेको र यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको जनाएको छ । हुवावेमाथि इरानमा कारोबार गरेर नाकाबन्दीको उल्लङ्घन गरेको भन्दै कैयौँ पटक इरानसँग कारोबार नगर्न चेतावनी दिँदै आएको थियो ।

मेङलाई क्यानाडाली अदालतले सहमति दिएमा अमेरिका सुपुर्दगी गर्ने वा धरौटीमा रिहा गर्ने विषयमा शुक्रबार सुनुवाई हुने बताइएको थियो सुनुवाई आगामी सोमबारका लागि सारिएको छ ।

हुवावेले आफ्नो आर्थिक मामिला प्रमुख कर्मचारी मेङले कुनै गल्ती गरेको जानकारी नभएको बताउँदै आएको छ भने चिनियाँ सरकारले मेङको रिहाइका लागि कडा आवाज उठाउँदै आएको छ ।

वि.सं.२०७५ मंसिर २४ सोमवार ०९:४६ मा प्रकाशित

ADBL AD
अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल...

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका...

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

कोलकाता । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि...

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग...

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

रोम । इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना...