back

राम मन्दीर निर्माणको माग गर्दै दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन

वि.सं.२०७५ मंसिर २४ सोमवार

423 

shares
IME Limited
NTC AD

२४ मङ्सिर, नयाँ दिल्ली । हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् ।

कडा सुरक्षाबीच भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकहरूको सहभागिता रहेको थियो ।

केसरी रङको पहिरनमा प्रदर्शनमा सहभागी रामभक्त हिन्दूहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दीर निर्माणका लागि अनुमति नदिँदासम्म उहाँलाई आवतजावतमा समेत अवरोध गर्ने भनाइ प्रदर्शनका सहभागीहरूले बताए ।

रामभक्त भारतीय भएको बताउने एक सहभागीले भने, “हामीले मन्दीर बनाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट नआएसम्म दिल्लीका सडकमा प्रदर्शन गरिरहन तयार छौँ ।”

प्रधानमन्त्रीका समर्थक रहेका केहीले प्रदर्शनकारीले भने, “हिन्दूवादी नेता भएर पनि रामको जन्मभूमि मानिएको अयोध्या सहरकोे भूमिमा मन्दीर बनाउन प्रधानमन्त्रीले ध्यान नदिएको भनी प्रधानमन्त्री प्रति आक्रोश व्यक्त गरेका थिए ।”

हिन्दूहरूले अयोध्यास्थित विवादास्पद बनेको भूमिभगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्तस्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० बर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बीले बताउने गर्छन् ।

भारतको अयोध्या शहरमा सन् १९९२ मा बाबरी मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उहाँको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए ।

आयोजकले यस अघि अयोध्या र भारतीय अन्य दुई शहरमा केही हप्ता पहिले प्रदर्शन गरेका थिए ।

बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको छ ।

वि.सं.२०७५ मंसिर २४ सोमवार ०९:५४ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...