back

पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

वि.सं.२०७५ मंसिर २४ सोमवार

402 

shares
IME Limited
NTC AD

२४ मङ्सिर, इस्लामावाद, पाकिस्तान । पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ ।

उसले भनेको छ, “यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने देखिन्छ, जुन वर्तमान् अवस्थामा झण्डै दुई अरबको हाराहारीमा छ ।”

गत बुधबार सार्वजनिक प्रतिवेदन ‘दक्षिण एसियामा क्षेत्रीय व्यापारको प्रतिवद्धता’ मा बैंकले भनेको छ, सामान्य विवादहरूलाई थाँती राखेर दुई देशको व्यापारिक कारोबारलाई सहज बनाउँदा मात्रै कैयौँ गुणा कारोबार बढ्ने र यसबाट दुबै मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाब देखिने सम्भावना रहेको छ ।”

बैंकले दक्षिण एसियामा अहिलेको तुलनामा पाकिस्तानले निकै धेरै कारोबार गर्नसक्ने बताएको पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ पत्रिकाको अनलाइन प्रकाशनमा जनाएको छ । अहिलेको अवस्थामा पाकिस्तानको कारोबार पाँच अर्ब डलर मात्र रहेपनि यसलाई बढाएर ३९ अर्ब सात करोड अमेरिकी डलर पु¥याउन सकिने विश्व बैंकको अनुमान रहेको डनले प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ ।

क्षेत्रीय व्यापार वृद्धिका दक्षिण एसियाली मुलुकबीच गैरकरमूलक अबरोधलाई हटाउनुपर्ने, जनताबीचको सम्बन्धलाई वृद्धि गर्ने, सडक सुधार गर्ने, हवाई मार्गले जोडिनुपर्ने र दक्षिण एसियाली मुलुकबीच स्वतन्त्र व्यापारको धारणा महत्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ ।

प्रतिवेदन लेखनमा सहभागी प्रसिद्ध अर्थविद् सञ्जय कठुरियाले विश्व बैंकको कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै भन्नुभयो, “व्यापार, तथा व्यापारजन्य विश्वासलाई प्रोत्साहन गर्न आपसी विश्वास, एक अर्काबीचको निर्भरता र शान्तिको वातावरण निर्माण हुनुपर्ने देखिन्छ ।”

‘डन’ ले कठुरियालाई उद्धृत गर्दै थपेको छ, “करतारपूर करिडरलाई पाकिस्तान र भारतको सरकारले खोल्न सकेमा मात्रै पनि विश्वास घाटालाई कम गर्न सकिन्छ ।”

पाकिस्तानको दक्षिण एसियाली मुलुकहरूमा निकै कम हवाई सम्बन्ध रहेको बताउँदै हवाई, जल तथा स्थल मार्गहरूको सम्बन्ध बिस्तार पाकिस्तानका लागि अनिवार्य भएको कठुरियाले बताउनुभयो । पाकिस्तानको भारत र अफगानिस्तानसँग हप्तामा छ उडान हुन्छन् भने श्रीलङ्का र बङ्गलादेशसँग १०÷१० वटा उडान हुने गर्छन् । त्यसैगरी नेपालसँग हप्तामा एउटामात्र उडानमात्र रहेको छ भने भूटान र मालदिभ्ससँग कुनै उडान रहेको छैन ।

भारतले सातामा श्रीलङ्कामा १४७ उडान भर्छ भने बङ्गलादेशमा ६७, मालदिभ्समा ३२, नेपालमा ७१, अफगानिस्तानसँग २२ र भूटानसँग २३ उडान भर्ने गरेको छ ।
–––

वि.सं.२०७५ मंसिर २४ सोमवार १०:०३ मा प्रकाशित

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि पाँच प्रतिशतभन्दा बढीले घट्यो तेलको मूल्य

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि पाँच प्रतिशतभन्दा बढीले घट्यो तेलको मूल्य

टोकियो । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको...

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

बिरसेबा (इजरायल) । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित...

इरानले भन्यो, ‘सर्त मन्जुर भए हामी युद्धविराम गर्न तयार छौँ’

इरानले भन्यो, ‘सर्त मन्जुर भए हामी युद्धविराम गर्न तयार छौँ’

एजेन्सी । इरानले इजरायलले आक्रमण बन्द गरेमा आफूले पनि थप...

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल...

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

दोहा/तेहरान । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक...

नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको एक दिनपछि पाकिस्तानद्वारा ट्रम्पको निन्दा

नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको एक दिनपछि पाकिस्तानद्वारा ट्रम्पको निन्दा

इस्लामाबाद । पाकिस्तानले इरानमाथि बमबारी गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...