back

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

वि.सं.२०७५ मंसिर २४ सोमवार

501 

shares
GLOBAL IME AD
NTC AD

२४ मङ्सिर, विराटनगर । पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ ।

गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६।३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा धान लगाइएको थियो भने उत्पादकत्व ३।८४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको निर्देशनालयको भनाइ छ ।

गएको वर्षमा तीन लाख २२ हजार १८३ हेक्टर जग्गामा धान लगाइएको थियो भने कूल उत्पादन ११ लाख आठ हजार ६०६ मेट्रिक टन धान उत्पादन भएको र उत्पादकत्व ३।४४१ मेट्रिक टन प्रतिहेक्टर रहेको निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डांगीले जानकारी दिए ।

गएको वर्षभन्दा यस वर्ष एक हजार पाँच हेक्टर जग्गामा धान लगाइएको छ भने उत्पादन पनि एक हजार ३३ हजार ३३ मेट्रिक टन धान बढी फलेको हो ।

अनुकूल मौसम, बीउको सहजता, रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो र कृषि प्राविधिकको निरन्तर सल्लाह र सुझावका कारण धान उत्पादन बढेको वरिष्ठ कृषि प्रसार अधिकृत डांगीको भनाइ छ ।

प्रदेश नं १ मा धान लगाउने क्षेत्रफल तीन लाख ३५ हजार ५२९ हेक्टर जग्गा भए पनि अन्यबालीले ठाउँ ओगट्न थालेपछि धान खेतीको क्षेत्रफल घटेको हो । उच्च पहाड ९ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ९८।७० प्रतिशत, मध्य पहाड ९इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर० मा ९०।१८ प्रतिशत र तराई ९झापा, मोरङ र सुनसरी० ९८।३२ प्रतिशत धान रोपाइँ भएको थियो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार ७१२ हेक्टर, सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर, पाँचथरमा आठ हजार ८३४ हेक्टर, इलाममा १३ हजार ३३३ हेक्टर, भोजपुरमा १५ हजार ३७८ हेक्टर, तेह्रथुममा आठ हजार २४१ हेक्टर, धनकुटामा सात हजार ७११ हेक्टर, उदयपुरमा १२ हजार ७११ हेक्टर, ओखलढुङ्गामा तीन हजार ५२२ हेक्टर, खोटाङमा १२ हजार २५३ हेक्टर, झापामा ८७ हजार ६२ हेक्टर, मोरङमा ७६ हजार ४४० हेक्टर, सुनसरीमा ५३ हजार ९०० हेक्टर जग्गामा धान लगाइएको थियो ।

वि.सं.२०७५ मंसिर २४ सोमवार १२:५७ मा प्रकाशित

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

च्याङ्ग्राको नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा...

गर्मी सुरु भएसँगै लेकतर्फ लाग्दै भेडाका बथान

गर्मी सुरु भएसँगै लेकतर्फ लाग्दै भेडाका बथान

लमजुङ । बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला...

तरकारी खेतीबाट आत्मनिर्भर मीना

तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा । यहाँको गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला...

महानगरद्वारा जै घाँस लगाउने किसानलाई सहयोग

महानगरद्वारा जै घाँस लगाउने किसानलाई सहयोग

गण्डकी । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई खेतीपाती गर्न समस्या

जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई खेतीपाती गर्न समस्या

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ...