back

मृतकका परिवारलाई प्रवासीको सहयोग

वि.सं.२०७५ मंसिर २४ सोमवार

222 

shares
NTC AD

२४ मङ्सिर, बागलुङ । भारतको दिल्लीमा निधन हुनुभएका गलकोट नगरपालिका–७ मल्मका जीतबहादुर बस्नेतको परिवारलाई घुम्टे युवा परिवार जापानले आर्थिक सहयोग गरेको छ ।

आइतबार १३औँ दिनको पुण्यतिथि पारेर शाखा सदस्य तुलवीर थापा र वडाध्यक्ष टीकाबहादुर थापाले संयुक्त रुपमा रु छ लाख ३३ हजार ५८६ बस्नेतकी श्रीमती रत्ना, छोरा रामसहित परिवारलाई हस्तान्तरण गरेका हुन्। दिल्लीबाट शव ल्याउन खर्चिलो भएपछि जापानमा रहेका शुभेच्छुकले सहयोग जुटाएका थिए । बचेको रकम आमाछोराको नाममा खाता खोलेर सहकारीमा राखिएकोे छ ।

जापानमा रहेका शुभेच्छुक र इष्टमित्रले दुःखमा साथ दिएको स्वर्गीय बस्नेतका भाइ अमरले बताए । हराएको दश वर्षपछि बस्नेतको मृत्यु भएको खबर परिवारजनले पाएका थिए । रोजगारीका लागि विसं २०६६ असारमा दिल्ली गएका ५० वर्षीय बस्नेत त्यसयता सम्पर्कविहीन थिए । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतको गत कात्तिक १६ गते दिल्लीको एक पुनस्र्थापना गृहमा मृत्यु भएको थियो ।

वि.सं.२०७५ मंसिर २४ सोमवार १९:०९ मा प्रकाशित

ADBL AD
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन...

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको...

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका...

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता...