२५ मंसिर रुपन्देही । प्रदेश ५ सरकारले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन सक्ने बँुदा समावेश गरेर प्रदेश सन्चार नीति ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको सन्चार नीतिका कतिपय बँुदा सन्चारमाध्यमको स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका छन् ।प्रदेश सरकारले असोज २१ गते प्रदेश नम्बर ५ प्रदेश सन्चार नीति २०७५ पारित गरेको हो । प्रदेश सरकारले यो नीति पारित गर्नु अघि सन्चारसम्बद्ध संघसंस्थाका प्रतिनिधिसँग भने प्राप्त छलफल नै गरेन ।
सन्चार नीतिको सामुदायीक प्रसारण शीर्षकको दफा ४ को ७ (३)ले साइबर सुरक्षा सम्बन्धी कानुन अनुसार कारबाही गरिने उल्लेख छ । उक्त दफामा उल्लेख छ स्रोत पुष्टि नहुने कसैको चरित्रहत्या हुने र गलत लाभ लिने गरी वा आममानिसमा हिंसा आतंकलाई प्रोत्साहन गर्न सामाग्री प्रकाशित गरेको पाइएमा साइबर सुरक्षसम्बन्धी कानुनअनुसार परीक्षणको व्यवस्था गरिनेछ । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर २५ मंगलवार ०७:४९ मा प्रकाशित