२५ मंसिर काठमाडौ । प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारी अन्तरसेवा प्रतिस्पर्धामार्फत संघीय निजामती सेवाको मुख्यसचिवसम्म प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सरकारले मंगलबार देखी कार्यन्वयनमा ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघिय निजामती सेवाका पदमा पनि वृत्ति विकासको बाटो खुला राखेको हो ।
प्रदेश स्थानीय तहमा सामायोजन भएर जाने कर्मचारीको वृत्ति विकासको अवस्था के हुन्छ भन्ने अन्योल भइरहेका बेला त्यस्ता कर्मचारीलाई प्रतिस्पर्धामार्फत संघिय पदमा पनि बढुवाको अवसर प्रदान गरिएको हो । अध्यादेशबमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहको सेवामा समायोजन भएका कर्मचारीलाई संघीय निजामती सेवाको पदमा अन्तरसेवा प्रतिस्पर्धामार्फत बढुवाको अवसर प्रदान गरिनेछ । यो व्यवस्थाले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई अन्तरसेवा प्रतिस्पर्धामार्फत संघीय निजामती सेवामा मुख्य सचिवालयसम्मको पदमा बढुवा हुने बाटो खुला भएको हो । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर २५ मंगलवार ०८:०३ मा प्रकाशित