२५ मंसिर, काठमाडौं । करिब एकवर्ष अघि हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पु¥याउने भनेको थियो । तर, बाटोमै जेल सजाय भोगेर उनीहरु स्वदेश फर्किएका हुन् ।
रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तिमगर १ असोज २०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पनामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रंक टिटस आइल्याण्ड पुगे । तर, अमेरिका पुगेनन् । टिटस आइल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ वर्षीया शेर बहादुर घर्तीले पनि सोहि जेलमा सात महिना बिताए । अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो । रोल्पाकै २३ वर्षीय भीम प्रसाद बाठा मगर र बम बहादुर डाँगी तथा दाङका मोहम्मद जावेदको हालत पनि उस्तै भयो ।
महानगरीय प्रहरी अनुसन्धान महाशाखाले दुवै समुहलाई अमेरिका लैजाने प्रलोभनमा लाखौं रुपैयाँ असुल्ने गिरोहका नाइके हिम्मतवाली फिल्मका नायक सुदर्शन गौतम हुन् । शुदर्सनको गिरोहमा रुकुमका २१ वर्षीया विश्व वाठा मगर, उनका दाइ गोकर्ण बाठा मगर, पर्वतका शिव शर्मा वास्तोला र बाग्लुङका जगन्नाथ कँडेल रहेको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ मंसिर २५ मंगलवार ०९:०१ मा प्रकाशित