
२५ मंसिर रुकुम । खमभाषी विद्यार्थीलाई कक्षामा नेपाली बुझाउन निकै हम्मे पर्यो । बोल्नै नजानेपछि पाठ्यक्रम पढाउनै समस्या भयो । वर्षौ देखिको यो अप्ठेरो फुकाउन विद्यालयले दुवै भाषामा पढाउन थाल्यो । अब भने बालबालिकालाई बुझाउन निकै सहज भएको छ ।
भुमे गाउँपालिका २ गावाङका धोका बुढा स्थानीय हिमालय आधारभुत विद्यालयमा कक्ष २ मा पढ्छन् । यनी नेपाली र खाम भाषमा पढिरहेका छन् । भुमे १ लुकुमको सिद्धचौर माविमा कक्षा ३ की निशा पुन २ भाषमै सिकिरहेकी छन् । खाम उनीहरुको मातृभाष हो । धोका र निशाजस्तै यो गाउँपालिकाका १२ विद्यालयका १ हजार १ सय भन्दा बढी मगर समुदायका विद्यार्थी दुई भाषमा सिकीरहेका छन् । १ देखी ५ कक्षासम्मका विद्यार्थीले ५ वर्षदेखि बहुभाषमा पढिरहेका छन् । खामभाषी बालबालीकालई नेपाली बुझाउन सजिलो होस् भनेर बहुभाष शिक्षण थालेका हौ,त्रिवेणी माविका प्रध्यानध्यापक मदन शर्माले भने ।आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर २५ मंगलवार ०८:४२ मा प्रकाशित