back

कांग्रेस पार्टी अहिले ढलेको मात्र हो मृत हैन – शर्मा

वि.सं.२०७५ मंसिर २५ मंगलवार

411 

shares
IME Limited
NTC AD

२५ मङ्सिर, काठमाडौँ। नेपाली काङ्ग्रेसका युवा नेताहरुले नेपाल इञ्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत सङ्ग्रह भएको बताएका छन् ।

बृहत् लोकतान्त्रिक युवा इञ्जिनीयर भेलालाई आज यहाँ सम्बोधन गर्दै नेताहरुले बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक हुने विचार राखे । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी अहिले ढलेको मात्र हो मृत हैन भन्दै देशभरका इञ्जिनीयले सिङ्गो लोकतान्त्रिक समूहलाई जिताई पार्टीलाई सञ्जीवनी बुटी प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले सङ्घीयता कार्यान्वयन गर्न नसक्ने आरोप लगाए । सरकारले लोकतान्त्रिक मान्यताका आधारस्तम्भ, विधिको शासन, नागरिक स्वतन्त्रता तथा शक्ति पृथकीकरणको ठाडो उपहास गरेको उनको भनाइ थियो ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक शक्तिको जीत सुनिश्चित रहेको धारणा राखे । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, महामन्त्री भूपेन्द्रजङ्ग शाही, नेविसङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य, उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल इञ्जिनीयर्स एशोसिएशनका पूर्वअध्यक्षहरु सरोज देवकोटा, किशोर शाक्य, ध्रुव थापा, वर्तमान अध्यक्ष हरेराम श्रेष्ठलगायतले लोकतान्त्रिक समूहले जिते मात्र सिङ्गो मुलुकको समृद्धि सम्भव हुने धारण राखेका थिए ।

वि.सं.२०७५ मंसिर २५ मंगलवार २०:१२ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...