नेपाली जनसम्पर्क समिति (नेजस) क्यानडाले संस्थाको बृहत एकता अधिवेसन गर्ने निर्णय गरेको छ । गत आईतबार डिसेम्बर ९, २०१८ मा टेलिकन्फेरेन्स मार्फत बसेको केन्द्रिय कार्य समितिको बैठकले संस्थाको बृहत एकता अधिवेसन गर्ने निर्णय गरेको सभापति तुल्सी पौडेलले जनाएका छन् ।
‘बिगतका हाम्रा सकारात्मक अनुभवहरुलाई बिना आग्रह पूर्वाग्रह संस्थागतरुपले पुंजिकृत गर्दै नेपाली कांग्रेस प्रति आस्थावान क्यानडास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उत्साहपूर्वक सक्रिय सहभागिताको लागी हार्दिक अपील गर्दछु’ सभापति पौडेलले कांग्रेस समर्थकहरुलाई आह्वान गरेका छन् ।
उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनलाई मध्येनजर गर्दै गत जुलाई १४ मा अधिवेसन स्थगित गरे पश्चात् परिवर्तित राजनैतिक घटनाक्रमको समिक्षा एवं विश्लेषण गर्दै ल्एऋऋ का जिम्मेवार व्यक्तिहरु, कार्यसमिति लगायत नेपाली काँग्रेस प्रति विश्वास राख्ने समाजका अग्रजहरुसंगको छलफल र सुझाव, नेजस क्यानडा संयुक्त कार्यदलसंगको निरन्तरको संवाद एवं नेपाली कांग्रेस केन्द्रिय कार्यालय सँगको परामर्श समेतलाई मध्यनजर राख्दै यहि डिसेम्बर ३०, २०१८ आईतबारका दिन प्रित प्यालेस मिसिसागा ओन्टारियोमा अधिवेशन गर्ने निर्णय लिएको जानकारी गराएका छन् ।
वि.सं.२०७५ मंसिर २६ बुधवार १०:०० मा प्रकाशित