back

मञ्जुश्रीकोे एघारौँ साधारणसभा पुष १६ मा

वि.सं.२०७५ मंसिर २६ बुधवार

222 

shares
NTC AD


२६ मंसिर, काठमाडौँ । मञ्जुश्री फाइनान्सको एघारौं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । साधारण सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुने उक्त साधारणसभामा मञ्जुश्रीले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । नगद लाभांश वितरणमा कम्पनीले ७ करोड २३ लाख ६५ हजार ४१९ रुपैयाँ खर्च गर्न लागेको हो ।

आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत राखिएको छ ।

अन्य कुनै वित्तीय संस्थामा गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्नेभएको छ । पुस २ गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।

हाल मञ्जुश्रीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४३ पैसा छ ।

वि.सं.२०७५ मंसिर २६ बुधवार १४:३० मा प्रकाशित

ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम...

सडकको पहुँचसँगै गाउँघरको निगुरो ठूला सहरका भान्सामा

सडकको पहुँचसँगै गाउँघरको निगुरो ठूला सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो...