नेपाल आदिवासी जनजाति महासंघ कुवेतको तेस्रो अधिबेशनले महासंघको अध्यक्षमा अमृत तामाङलाई चयन गरेको छ ।
मंसिर १२ गते सम्पन्न महासंघको तेस्रो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बल बहादुर काम्वाङ, उपाध्यक्षहरुमा राजु गुरुङ, मधु माया मगर, टिकाराम सुनुवार, महासचिवमा मन्जित राई, सचिवमा दिल कुमार पाख्रिन, कोषाध्यक्षमा मोहन राई, सहकोषाध्यक्षमा राजन श्रेष्ठ र प्रबक्तामा राज कुमार राईलाई चयन गरेको छ ।
त्यसैगरी महासंघको सदस्यहरुमा यम गुरुङ, कृष्ण बहादुर तामाङ, सुरेश गुरुङ, प्रकाश राई, पासाङ शेर्पा, माया राई, उमा तमुस्यो,डोल्मा तामाङ, शोभा गुरुङ, जय प्रकाश सुनुवार, रोशन राई, मेनुका सुनुवार, उमेश राई, युबराज राई, डेन्डी शेर्पा, सुक गुरुङ निर्मला राई, सीता गुरुङ, सुरज मास्के, राजु गोले, आङ फुर्ली शेर्पा, रमिता योन्जन, यम गुरुङ र सुक गुरुङ रहेका छन् ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा कुवेतमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो ।
सो अवसरमा आदवासी जनजातिहरुका विभिन्न जातिय घटकहरुको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
वि.सं.२०७५ मंसिर २६ बुधवार १४:१७ मा प्रकाशित