back

महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि

वि.सं.२०७५ मंसिर २६ बुधवार

348 

shares
IME Limited
NTC AD

२६ मङ्सिर, काठमाडौ ।  पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल सङ्घ एन्फाले महिला टोलीको तयारी अघि बढाएको प्रवक्ता किरण राईले जानकारी दिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणका लागि ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । नेपालमै आयाजना हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सो समूहमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् ।

दक्षिण एसियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको बर्चस्व तोड्न सकेको छैन । सबै संस्करणको उपाधि भारतले जितेको छ । नेपाल अहिलेसम्म फाइनलमा भारतसँग पराजित हुँदै आएको छ ।
नेपालले प्रतियोगिता आगामी फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा गर्दैछ । यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकामा श्रीलङ्कामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ साफले निर्धारित समयभन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो ।

प्रतियोगिता आयोजना गर्ने अवसरबाट नेपाली महिला खेलाडीलाई थप ऊर्जा प्राप्त हुने एन्फाले विश्वास लिएको छ । यसअघि आगामी पुस २ गतेदेखि श्रीलङ्कामा खेल शुरु हुने गरी खेल तालिका सार्वजनिक भएको थियो । घरेलु मैदानमा च्याम्पीयन बन्ने लक्ष्यका राखेको नेपाली महिला टोली खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । नेपाली महिला टोली हालै म्यान्मामा भएको ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल भइसकेको छ ।

वि.सं.२०७५ मंसिर २६ बुधवार १४:२५ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...