back
CTIZAN AD

कैलाश विकास बैंकले १७ प्रतिशत लाभांश दिने

वि.सं.२०७५ मंसिर २६ बुधवार

828 

shares


२६ मंसिर, काठमाडौँ । कैलाश विकास बैंकले पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । नगदमा कैलाशले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ खर्च गर्न लागेको हो ।

सभा अमृतभोग पार्टी प्यालेस, कालीकास्थान काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ ।

बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने भएको खण्डमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिदैछ । साधारण सभा गर्नका लागि कैलाशले पुस ६ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अब प्रस्तावित १७५ नगद पाउन पुस ५ गतेसम्म सेयरधनी कायम रहेको हुनुपर्नेछ ।

हाल कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा छ ।

वि.सं.२०७५ मंसिर २६ बुधवार १४:३८ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...