
२६ मंसिर, काठमाडौँ । कैलाश विकास बैंकले पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । नगदमा कैलाशले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ खर्च गर्न लागेको हो ।
सभा अमृतभोग पार्टी प्यालेस, कालीकास्थान काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।
बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ ।
बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने भएको खण्डमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिदैछ । साधारण सभा गर्नका लागि कैलाशले पुस ६ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अब प्रस्तावित १७५ नगद पाउन पुस ५ गतेसम्म सेयरधनी कायम रहेको हुनुपर्नेछ ।
हाल कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा छ ।
वि.सं.२०७५ मंसिर २६ बुधवार १४:३८ मा प्रकाशित