back

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

वि.सं.२०७५ मंसिर २७ बिहीवार

396 

shares
IME Limited
NTC AD

२७ मङ्सिर, पेरिस । फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रूपमा लिइएको छ ।

मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

क्रिसमस बजारमा मङ्गलबार स्थानीय समयानुसार राति ८ बजे एक बन्दुकधारीले गोली चलाएका थिए । एएफपी समाचार समितिका अनुसार ती बन्दुकधारीले बजारमा सामान खरिद गरिरहेका ग्राहकतर्फ लक्षित गर्दै गोली चलाएका थिए ।

आक्रमणमा परी घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताएको छ । बन्दुकधारीको परिचय खुलेको र उनी पहिलेदेखि उच्च निगरानीमा रहेका चरमपन्थी समूहका व्यक्ति भएको बताइएको छ ।

क्रिमसमका लागि विशेष योजनासहित सञ्चालन गरिएको यस बजारमा एक बन्दुकधारीले जथाभावी रूपमा गोली प्रहार गरेपछि अहिले स्थानीय बासिन्दा त्रसित भएका छन् ।

सन् २०१५मा फ्रान्सभरी र चार्ली हब्डो गोलीकाण्डमा परी २४५ जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि सन् २०१८ को मे १२ मा एक व्यक्तिले गरेको चक्कु प्रहारमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका थिए । यस आक्रमणकारी पनि प्रहरीको गोलीबाट मरिएका थिए ।

सन् २०१८ को मार्च ३ मा फ्रान्सको दक्षिणी शहरमा भएको एक बन्दुकधारीको आक्रमणमा प्रहरीका एक कर्णेलसहित चार व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१७ को अक्टोबर १ मा फ्रान्सको दक्षिणी प्रमुख शहर मसैलीको रेलवे स्टेशनमा २९ वर्षीया एक ट्युनिसियाली नागरिकले ठूलो आवाजमा ‘अल्लाह अक्बर’ कराउँदै दुई युवतीको गोली प्रहार गरी हत्या गरेका थिए । अहमत हनाची नामका यी बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका थिए । उनले गरेको आक्रमणलाई इस्लामिक स्टेट्स (आईएस) लडाकू समूहले जिम्मा लिएका थिए ।

सन् २०१७ को २० अप्रिलमा ३९ वर्षीया एक अपराधीले फ्रान्सको राजधानी शहर पेरिसमा गरेको गोली प्रहारमा परी ड्युटीमा रहेका एक प्रहरीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।

सन् २०१७ को जुलाई २६ मा दुई युवकले एक ८५ वर्षीया पूजारीलाई घाँटी रेटेर हत्या गरेका थिए । यसरी हेर्दा यसबीचका घटनामध्ये अहिलेको घटना सबै भन्दा डरलाग्दो र ठूलो भएको अधिकारीहरूको भनाइ छ ।

वि.सं.२०७५ मंसिर २७ बिहीवार ०८:४७ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

जेनेभा । विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार...

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

खार्किभ, युक्रेन । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान...

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

तेहरान । इरानले एक पुरुषलाई सन् २०२२ मा भएको राष्ट्रव्यापी...