back

क्यालिफोर्नियामा ‘चि मुसि चि’ को उत्साहजनक सुरुवात

वि.सं.२०७५ मंसिर २७ बिहीवार

399 

shares
IME Limited
NTC AD

विजय थापा, अमेरिकाका । अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक रहेको छ । नेपाली चलचित्रलाई माया गर्नु हुने तथा नेपाली चलचित्र प्रेमीहरुले सुरुवातमै राम्रो हौशला दिएका छन् ।

राम्रो प्रचार प्रसार गरेको कारण दर्शकले राम्रो साथ दिएका छन् । अमेरिकामा कामको दिन मंगलबार प्रदर्शन गर्दा पनि करिव ३ सय भन्दा ज्यादा दर्शकहरु आएका थिए । एकै प्रदर्शनबाट बे एरिया (क्षेत्र) बाट राम्रो रकम संकलन गर्न सफल भएको छ ।

यसको साथै उक्त क्षेत्रमा बसोबास गर्ने दर्शकबाट राम्रो प्रतिकृया प्राप्त गरे पछि आयोजकद्वय अनिल पाण्डे र प्रिन्स युबराज कार्कीले खुशी व्यक्त गरेका थिए ।

लामो समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका तथा समाज सेवामा निकै राम्रो काम गर्दै आएको मदरल्याण्ड नेपाल डट ओर्ग समेतका संचालक पाण्डेले दर्शकलाई धन्यवाद दिएका छन् ।

साथै पाण्डेले उक्त चलचित्रबाट उठेको केही रकमबाट सन्नीभेल शहरस्थित संचालनमा रहेको नेपाली भाषा कक्षाको लागि पनि सहयोग गर्ने रहेको बताए । साथै अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने बताउदै एकपटक यो चलचित्र छुटाउन नहुने बताए ।

गत मंगलबार डिसेम्बर ११ का दिन अल्बानीको ल्यान्डमार्क थेटर (चलचित्र मन्दिर ) मा सम्पन्न भएको थियो । यस चलचित्रका निर्माताहरु अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा शिवराज कार्की हुन् ।

दिनेश श्रेष्ठद्वारा निर्देशित चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबा लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको नृत्य निर्देशन रहको छ । गत श्रावण ११ देखि नेपाल अधिराज्यका भर प्रदर्शन भएको थियो ।

वि.सं.२०७५ मंसिर २७ बिहीवार ०९:१३ मा प्रकाशित

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

काठमाडौँ । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’...

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

काठमाडाैँ । बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक भएको...

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

काठमाडौँ । अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर...

विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको...

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

काठमाडौं । गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...