back

वृद्धवृद्धालाई न्यानो कपडा वितरण

वि.सं.२०७५ मंसिर २७ बिहीवार

237 

shares
NTC AD

२७ मङ्सिर, गोरखा ।  गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालयले वडाभित्रका सबै वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कम्मल ब्ल्याङ्केट वितरण गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।उक्त वडाभित्र रहेका २१७ वृद्धवृद्धा र २३ अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको उनले बताए ।

मङ्सिर महीना सकिनै लाग्दा अत्याधिक चिसो बढ्न थालेपछि वृद्धवृद्धामा बढी समस्या हुने भएकाले उनीहरुलाई चिसोबाट जोगिन सजिलो होस् भनेर ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।
चिसो मौसममा न्यानो कपडा नहुँदा अस्थायी टहरामा बस्दै आएको वृद्धवृद्धा कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यता रहेको छ, वडाध्यक्ष श्रेष्ठले भने, भूकम्पले घर भत्किएर अस्थायी टहरामा बसेकालाई असाध्यै समस्या भएको देखेपछि न्यानो कपडा खरीद गरेर वितरण गरेका हौँ ।’

भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अझै अस्थायी टहरामा रहेका भूकम्पपीडितहरु बिहान बेलुकी जस्ताले बेरेर बनाएकोे टहरामा बस्दा शीत चुहिने र बढी चिसो हुने हँुदा कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।

वडा नं ७ चाहापनी घर भएका ७५ वर्षीय सन्ते सार्कीले भने, “हामीले जिताएर पठाएका मान्छेले हाम्रो मर्का बुझ्ने रहेछन् ।”

वि.सं.२०७५ मंसिर २७ बिहीवार ११:५० मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...