back

‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित

वि.सं.२०७५ मंसिर २७ बिहीवार

270 

shares
NTC AD

२७ मङ्सिर, काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम एनआरटी लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल गयो ।

खेलको ७३ औँ मिनेटमा सरस्वतीका भिक्टोर एमओबीले पेनाल्टीमार्फत विजयी गोल गर्दै सरस्वतीलाई शीर्ष तीन अङ्क दिलाए । खेलको ७२ औँ मिनेटमा एनआरटीका खेलाडीले ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भए ।

जारी लिगमा तेस्रो जित दर्ता गराएको सरस्वती नौ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । त्यस्तै लगातार साताँै हार ब्योहोरेको एनआरटी एक अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

त्यसैगरी मनाङले शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा छ भने थ्रीस्टार दोस्रो तथा सङ्कटा तेस्रो स्थानमा छ ।

वि.सं.२०७५ मंसिर २७ बिहीवार १४:३२ मा प्रकाशित

ADBL AD
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

भैरहवा (रुपन्देही) । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली...

प्रहरी महानिरीक्षकले गरे प्रहरी महिला भलिबल समूहलाई विदाइ

प्रहरी महानिरीक्षकले गरे प्रहरी महिला भलिबल समूहलाई विदाइ

काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त...

पलेसा गोबद्र्धने बढाइन् देशको गौरव

पलेसा गोबद्र्धने बढाइन् देशको गौरव

काठमाडौँ । फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेसा गोबद्र्धन रिङमा...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय...

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

खजुरा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

काठमाडौँ । 'द ब्रिटिस कलेज'ले ब्रिटिस कप इन्टर कलेज फुट्सल...