
२८ मंसिर, काठमाडौं । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाख लाख भन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार र शिक्षामन्त्रीलाई आग्रह गरेका छन् ।
काठमाडौं विश्वविद्यालयको छात्रवृत्ति अन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खाना बापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ । यसअन्तर्गत बर्सेनी ९० हजार खाना र ९६ हजार होस्टलको शुल्क छ । यस्तै इन्टर्नसिप शुल्क २ लाख तोकिएको छ ।
‘होस्टलमा नबस्दा, मेसमा नखादा एड्मिसन हुन्न भन्छन्,’ छात्रवृत्ति पाएका एक विद्यार्थीका अभिभावक महानन्द झा भन्छन्, ‘जेहनदार भनेर पढ्न पाए पनि ५ वर्षमा विभिन्न नाममा करिब १५ लाख ५५ हजार १ सय ४५ रुपैयाँ तिर्न बाध्य पार्नु कस्तो सरकारी छात्रवृत्ति हो ?’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०८:४२ मा प्रकाशित