back

रेल र सडक सम्पर्कबारे अभूतपूर्व सम्मेलन गर्न दुई कोरिया सहमत

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

426 

shares
IME Limited
NTC AD

२७ मङ्सिर,सोल ।  उत्तर कोरिया र दक्षिण कोरियाले रेल र सडक सञ्जाल जोड्नेबारेमा अभुतपूर्व सम्मेलन आयोजना गर्ने भएका छन् ।

दुई देशको सिमा क्षेत्रमा यस्तो सम्मेलन आयोजना गर्ने बारेमा दुई देशले मंगलबार सहमति गरेको अधिकारीहरूले जनाएका छन् ।

दुई देशबीचमा रेल र सडक सञ्जाल जोड्नका लागि प्रक्रिया अगाडी बढाउन सम्मेलन आयोजना गर्न लागिएकोे दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पनि सहभागी हुने भएको छ ।

यही बर्ष सन् २०१८ को अन्त्य हुनुपूर्व आउँदो डिसेम्बरको २६ तारिखका दिन सम्मेलन गर्ने तय भएको जनाइएको छ ।

सम्मेलन दुई देशको सिमा क्षेत्रमा पर्ने काएसोङको पान्मुनमा हुने तय भएको छ । सम्मेलनमा दुवै देशबाट झण्डै एक सय जना विशिष्ट अधिकारीहरू सहभागी हुने भएका छन् ।

कार्यदल तहमा भएको छलफल पछि अहिले यो सम्मेलन गर्ने सहमती भएको अधिकारीहरूले जनाएका छन् ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०९:४३ मा प्रकाशित

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान...

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

टोकियो । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर...

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

जेरुसेलम  । दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर...

थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग

थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग

बैङ्कक । कम्बोडियाका पूर्व नेता हुन सेनसँगको फोन कलमा सार्वजनिक...

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

याङगुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार...

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजा । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र...