back

इपिएल–चितवनको पहिलो जित

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

381 

shares
IME Limited
NTC AD

२८ मङ्सिर, काठमाडौ ।  चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १९७ रनको लक्ष्य दिएको थियो । जवाफमा विराटनगर २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमा समेटियो ।

विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले सर्वा्धिक ९० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन । ४२ बल खेलेको ह्यातले आठ छक्का र पाँच चौका प्रहार गरे । त्यसैगरी करण केसी २४ रनमा अविजित रहे भने आसिफ शेखले ३०, कप्तान खड्का १९ तथा अनिलकुमार साहले १२ रन जोडे ।
बलिङतर्फ चितवनका ललितसिंह भण्डारी एक्लैले चार विकेट लिए भने सागर ढकालले तीन विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरमा चार विकेट गुमाउँदै १९६ रनको योगफल बनाएको थियो । चितवनका लागि जोन सिमप्सनले सर्वा्धिक ७८ रनको योगदान दिएका थिए भने दीपेन्द्रसिंह ऐरीले ३२, सन्दीप सुनारले ३०, जर्ज स्कट २४ तथा पाउल स्टर्लिङले १५ रन जोडे ।

विराटनगरका लागि वसन्त रेग्मी, पारस खड्का, करण केसी, तथा भान मिकरनले एक÷एक विकेट लिए । जितसँगै चार खेलबाट दुई अङ्क जोडेको चितवनको प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ ।

त्यस्तै यता पराजित विराटनगरको पनि प्ले अफ सम्भावना कायमै छ । विराटनगरले चार खेलबाट चार अङ्क जोडेको छ । अङ्क तालिकामा विराटनगर तेस्रो तथा चितवन चौथो स्थानमा छ ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार १४:०८ मा प्रकाशित

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

काठमाडौँ । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...