back

पच्चीस हजार भूकम्पपीडितले लिए निःशुल्क फोन सेवा

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

399 

shares
IME Limited
NTC AD

२८ मंसिर,काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शुरु गरेको निःशुल्क टेलिफोन नं (टोल फ्रि) का माध्यमबाट २५ हजार भूकम्पपीडितले सेवा लिएका छन् ।

प्राधिकरणद्वारा सञ्चालित टोल फ्रि हेल्पलाइनबारे आज यहाँ आयोजित छलफल कार्यक्रममा लाभग्राहीले प्राधिकरणको हेल्पलाइनबाट समस्या समाधानका लागि सहजता भएको बताए । पैसा नलाग्ने दुई टेलिफोन नम्बरमा फोन गरेर लाभग्राही वा पुनःनिर्माणका बारेमा जान्न चाहने जोसुकैले जिज्ञासा राख्न सक्छन् ।

प्राधिकरणले विसं २०७३ जेठ (सन् २०१७ मे) देखि १६६०–०१–७२००० (एनटिसी) र ९८०१५–७२१११ (एनसेल) का दुईवटा नम्बरका हेल्पलाइन शुरु गरेको हो । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले टोल फ्रि सेवाबाट प्राप्त सूचना तथा सुझावबाट नीति निर्माण एवं निर्णय गर्न मद्दत मिलेको बताए । टोल फ्रिबाट प्राप्त सुझावका आधारमा कैयौँ व्यवस्था गरिएको जानकारी दिदैं उहाँले पुनःनिर्माणमा लाभग्राहीसँगको दोहोरो सञ्चार महत्वपूर्ण हुने बताए ।

निःशुल्क फोन सेवाबाट प्राधिकरणका नीति, निर्णयका बारेमा जानकारी लिई निजी आवास निर्माणलगायतमा आइपर्ने समस्या तथा गुनासाका बारेमा उपाय खोज्न सकिएको टोल फ्रि हेल्पलाइनका सम्पर्क व्यक्ति (फोकल पर्सन) तथा प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताए ।
लाभग्राहीमा पर्नका लागि भरिएको गुनासोको नतिजासँग सम्बन्धित धेरै फोन आउने गरेको हेल्पलाइन सेवाका अपरेटर आस्था आचार्यले बताए । अनुदानको किस्ता, प्राविधिक निरीक्षण, प्रशासनिक प्रक्रिया, बैंकिङ प्रक्रिया, जिल्ला परिवर्तन तथा जग्गाबारे समेत फोनबाट जानकारी माग हुने गरेको छ ।

हाल हेल्पलाइनमा दुई जना अपरेटर कार्यरत छन् । कार्यालय समयमा प्रत्यक्ष कुराकानी गरेर सम्भव भए तत्कालै जिज्ञासाको समाधान गरिन्छ । प्राधिकरणका अधिकारी सोध्नुपर्ने जिज्ञासा रहेछ भने सम्बन्धित अधिकारीलाई सोधेर अपरेटरले नै फोन गर्छन् । बिहान बेलुकीको समयमा आएका टेलिफोन भने रेकर्डरमा सङ्ग्रहित हुन्छन् । कार्यालय खुलेपछि अपरेटरले सुनेर समस्या समाधान गर्ने गरिएको सहप्रवक्ता घिमिरेले बताए ।

रामेछाप उमाकुण्ड गाउँपालिकाका रामबहादुर बस्नेतले लाभग्राहीमा नाम नपरेपछि गुनासो गरे । लामो समयसम्म गुनासोको नतिजाबारे थाहा पाउन सकेनन् । सोध्नलाई काठमाडौँ आउन पनि समय र खर्च लाग्थ्यो । उनले प्राधिकरणले पैसा नलाग्ने टेलिफोन सेवा शुरु गरेको र त्यसमा फोन गरेर आफ्नो समस्या राखे सहयोग मिल्ने थाहा पाए ।

प्राधिकरणको हेल्पलाइन नम्बर पत्ता लगाए र फोन गरेपछि हेल्पलाइनका अपरेटरले बस्नेतको नतिजाका बारेमा प्राधिकरणका अधिकारीसँग सोधखोज गरी जानकारी गराइदिए । त्यसपछि बस्नेतले प्राधिकरणको हेल्पलाइनबारे अन्यलाई पनि जानकारी दिनुभयो । कति लाभग्राहीका समस्याबारे आफैँ फोन गरेर पनि सोधिदिएको कार्यक्रममा सुनाए ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार १९:१३ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...