back

कृषि विश्वविद्यालयले थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने

वि.सं.२०७५ मंसिर २९ शनिवार

393 

shares
IME Limited
NTC AD

२९ मंसिर, भरतपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले यही शैक्षिक सत्रमा थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ ।

उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा आंगिक क्याम्पस सञ्चालनको तयारी गरेको उक्त विश्वविद्यालयले जनाएको हो । उदयपुरको कटारीमा वन सङ्कायको कार्यक्रम र महोत्तरीको बर्दिवासमा कृषि सङ्कायको कार्यक्रम सञ्चालनका लागि विद्यार्थी भर्ना आह्वान गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा मनराज कोलाक्षपतिले जानकारी दिएका छन् ।

क्याम्पस सञ्चालनका लागि उदयपुरको कटारीमा तीन बिघा जग्गा र महोत्तरीको बर्दिवासमा आठ बिघा जग्गा विश्वविद्यालयको नाममा आइसकेको छ भने सुष्मा मेमोरियल ट्रस्टको २७ बिघा जमीन नामसारी गर्नेे प्रक्रियामा रहेको उनको भनाइ थियो ।
यसै शैक्षिक सत्रमा नै कृषिका थप तीन आंगिक क्याम्पस सञ्चालन गर्ने कामसमेत तीव्र पारिएको रजिष्ट्रार कोलाक्षपतिले बताए । बाँकेको खजुरा र रोल्पाको माडीचौरमा कृषिका क्याम्पस सञ्चालनका लागि जग्गा प्राप्त भइसकेको छ भने बाँकेको खजुरामा नौ बिघा र रोल्पाको माडीचौरमा ६० रोपनी जग्गा प्राप्त भएको छ । विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालनका लागि तराईमा आठ बिघा र पहाडमा १०० रोपनी जग्गा हुनुपर्ने मादपण्ड तोकेको छ । उक्त विश्वविद्यालयले यसअघि चार आंगिक क्याम्पस सञ्चालनमा ल्याइसकेको छ । कास्कीको पुरनचौर, सिन्धुलीको कपिलाकोट, कैलालीको टीकापुर, धनकुटाको पाख्रीवासमा आंगिक क्याम्पस सञ्चालनमा आइसकेका हुन् ।
विश्वविद्यालय सभाले १० वटा आंगिक क्याम्पस सञ्चालन गर्ने निर्णय गरेकामा कम्तीमा पनि सङ्घीय संरचनाअनुसार एक प्रदेशमा एक आंगिक क्याम्पस सञ्चालन गर्ने नीति रहेको कुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले बताए । यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इञ्जिनीयरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको कार्यक्रमसमेत थप गरेको ढकालले जानकारी दिए ।

वि.सं.२०७५ मंसिर २९ शनिवार १०:१४ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...