back

मन्दिरको प्रसाद खाँदा एघारको मृत्यु, ९३ बिरामी

वि.सं.२०७५ मंसिर २९ शनिवार

459 

shares
IME Limited
NTC AD

२९ मंसिर, नयाँदिल्ली ।  भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ ।

मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

विषाक्त खानाका कारण एघारको मृत्यु हुनाका साथै ९३ जनालाई घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र तीमध्ये २९ जनाको अवस्था गम्भीर रहेको एक सरकारी अधिकारीले दिएका छन् ।

घटनास्थलनजिकै रहेको स्वास्थ्य कार्यालयका अधिकृत के. एच. प्रसादले मन्दिरमा वितरण गरिएको प्रसादमा विषाक्त पदार्थ मिसिएको हुन सक्ने बताए ।

उनले सो विषाक्त खानाको परीक्षणका लागि प्रयोगशालामा लगिएको पनि जानकारी दिनुभयो । परीक्षण र अनुसन्धानपछि मात्रै सो खाना कसरी विषाक्त भयो भन्ने यकिन हुने उनको भनाइ छ ।

बिरामीहरूलाई बान्ता हुने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेलगायत लक्षणहरू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा शुक्रबार उक्त घटना भएको हो । एउटा विशेष धार्मिक कार्यक्रम भइरहेको सो मन्दिरमा आएकाहरूलाई प्रसाद वितरण गरिएको थियो ।

“हामीलाई पूजा सकिएपछि गोलभेँडा र भात खान दिइएको थियो जसमा अलि नमीठो गन्ध आइरहेको थियो,” उक्त धार्मिक कार्यक्रममा सहभागीहरूले भने । विषाक्त खाना खाएर कागहरू पनि मरेको बताइएको छ । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले दुई जनालाई पक्राउ गरिएको जनाएको छ ।

वि.सं.२०७५ मंसिर २९ शनिवार १६:११ मा प्रकाशित

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले...

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

  देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने...

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

संयुक्त राष्ट्रसंघ । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस...

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र...