back

संघीयता असफल भए मुलुक पनि असफल-सभामुख महरा

वि.सं.२०७५ मंसिर २९ शनिवार

201 

shares
NTC AD

२९ मंसिर, भरतपुर । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले संघीयता असफल भए मुलुक पनि असफल हुने बताएका छन् ।
प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा भएको भेला तथा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रममा सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरुलाइ सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
सभामुख महराले सङ्घीयता बलियो बनाउन राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । सरकारलाई सफल बनाउन ऐन, नीति नियम निर्माणमा सहयोग गर्न महराले आग्रह गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै प्रदेशमा आधुनिक किसिमको संसद् भवन निर्माण गर्नुपर्ने बताए । भौतिक संरचना बनेपछि काम कारवाही प्रभावकारी हुने उहाँको भनाइ छ । सङ्घीय संसद् र प्रदेशसभाका अधिकारबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने र त्यसपछि प्रदेशलाई कानून बनाउन सहज हुने अध्यक्ष तिमिल्सिनाले बताए । प्रदेशमा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापन मुख्य समस्या रहेको भन्दै त्यसलाई समाधान गरिने उनको भनाइ छ ।

प्रदेशसभाले गरेका काम र अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको प्रदेश नं ३ का सभामुख सानुकाजी श्रेष्ठले जानकारी दिए । उनले कानून निर्माणमा कसरी सहकार्य र समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताए । छलफलबाट निस्केका निष्कर्षसहितको चितवन घोषणापत्र जारी गर्दै भेला आजै सकिनेछ ।

वि.सं.२०७५ मंसिर २९ शनिवार १६:४४ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...