back

वेरोजगार युवाका लागि कृषि मन्त्रालयले ल्यायो यस्तो खुसीको खबर

वि.सं.२०७५ पुस १ आइतवार

483 

shares
IME Limited
NTC AD

१ पुस, काठमाडौँ । सीप नभएका, तर काम गर्ने इच्छा शक्ति भएका बेरोजगार युवालाई आर्क्षित गर्ने उद्देश्यले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ हालै स्वीकृत गरिएको छ ।

जाँगरिला र इच्छुक बेरोजगार युवालाई कृषिमा गोलबद्ध हुन आग्रह गर्दै कृषि सहकारी तथा पशुपक्षी विकास मन्त्रालयले २३ प्रकारका आवासीय तालीम सञ्चालन गर्न सो निदेर्शिका लागू गर्न लागेको मन्त्रालयले जनाएको छ ।

तालीम बेरोजगार युवालाई व्यवसायिक किसान बनाउने, किसानको पहुँच अनुसन्धान स्थल र वैज्ञानिकसँग पु¥याउने र निर्वाहमुखी कृषिलाई परिवर्तन गरी व्यवसायिक र नाफामूलक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको कृषि, सहकारी तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिएका छन् ।

तालीममा खाद्यान्न तथा नगदेबाली, फलपूmल, तरकारी, पूmल र मसला बाली, पशुपक्षीपालन, पशु स्वास्थ्य, डेरी तथा मासु प्रविधि, चरन र घाँसेबाली, कृषि वन, च्याउ उत्पादन, मौरी, माछापालनसम्बन्धी विषयमा प्रशिक्षण गरिन्छ ।

माटो र सिँचाइ, किट, बालीरोग विज्ञान, खेती प्रणाली, दलहन, तेलहन, औद्योगिक बाली, खाद्य विज्ञान, पोष्ट हार्वेष्ट, कृषि यान्त्रिकीकरण, जैविक र प्राङ्गारिक, आइपिएम प्रविधि, व्यावसायिक योजना, मूल्य शृङ्खला, उद्यमशीलता, विकास र बजार व्यवस्थापनका बारेमा तालिममा जानकारी दिइन्छ ।

सहभागी इच्छुक युवाले स्थानीय निकायको वडाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुखबाट बेरोजगार युवा हो भनी सिफारिस गरेको हुनुपर्ने प्रावधान निर्देशिकामा छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका किसान अतिथि घरबाट आवासीय तालीम दिन लागिएको हो । सातदेखि १५० दिनसम्म, १८ वर्ष पूरा भई ४५ ननाघेका युवा तालीममा सहभागी हुनसक्ने छन् ।

प्रशिक्षार्थी छनोट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षतामा गठित समितिले गर्ने व्यवस्था निर्दे्शिकामा छ । अन्य सदस्यमा राष्ट्रिय किसान आयोग, उद्योग वाणिज्य महासङ्घ, बाली तथा बागबानी अनुसन्धान, पशु तथा मत्स्य अनुसन्धान र कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रतिनिध समावेश हुनेछन् ।

सहभागी हुन आवेदन शुल्क लाग्ने छैन भने भर्ना शुल्क केन्द्रीयस्तरमा रु ५०० प्रदेश र स्थानीयस्तरमा रु १०० तोकिएको छ । प्रशिक्षार्थीलाई खाना, खाना र आतेजाते खर्च, आवास, एप्रोन, स्टेसनरी, र आवश्यक अन्य सामग्री नार्कले उपलव्ध गराउने छ ।

वि.सं.२०७५ पुस १ आइतवार १२:४१ मा प्रकाशित

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...