back

व्यावसायिक मौरीपालनतर्फ आकर्षण

वि.सं.२०७५ पुस १ आइतवार

465 

shares
IME Limited
NTC AD


१ पुस, अमरगढी । परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।

मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा व्यावसायिक मौरीपालन गर्न थालेको छ । उनले एक लाख ८० हजार युवा लक्षित मौरीपालन र एक लाख व्यक्तिगत लगानी गरी मौरीपलनमा लागेको बताए ।

सोही ठाउँकै अमरबहादुर बोहराले समेत अनुदान र व्यक्तिगत लगानी गरी २५ घार मौरीपालन गर्ने लागेको बताए । पहिलेदेखि नै मुडे घारमा दुई÷तीन घार मौरीपालन गर्दै आएका बोहराले युवा लक्षित अनुदान पाएपछि गाउँमै व्यावसायिक मौरीपालन गरिरहेको बताए । सरकाले दिएको अनुदानको सफल सदुपयोग गर्ने र उत्कृष्ट व्यवसायी बन्ने लक्ष्य रहेको समेत बोहराले बताए ।

जिल्लाको भित्री मधेश क्षेत्रसँग जोडिएको साविकको आलिताल गाविस मौरीपालनका लागि पकेट क्षेत्र बन्दै गएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जानएको छ । खासगरी नेपाल सरकारले युवा लक्षित मौरीपालन कार्यक्रमको कार्यान्वयनपछि कमै मिहेनतमा मनग्य आम्दानी हुने भएकाले मौरीपालनतिर युवा वर्गमा आकर्षण बढ्दै गएको छ ।

जिल्लामा झण्डै दुई हजार परिवारले मौरीपालन गर्दै आएका छन् । आलिताल क्षेत्रमा मात्र ५०० किसानले मौरीपालन गर्दै आएको तथ्याङ्क छ । मौरीका लागि प्रयाप्त चरन क्षेत्र भएका कारणले आलिताल गाउँपालिकामा मौरीपालन फस्टाउँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।

हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि जिल्लाका अन्य गाउँमा पनि मौरीपालनतर्फ आकर्षण बढ्दै गएको छ ।

 

सुदूरपश्चिमको केन्द्रविन्दु रहेको डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत विभिन्न दलित समुदायको वसोवास रहेको छ । दैनिक ज्याला र मजदूरी गर्दै दिनचर्या बिताउँदै आएका दलित महिलामा नै मौरीपालनतिर आर्कषण बढ्दै गाएको छ ।

आलिताल गाउँपालिका जालटुडाकी पुनादेवी कामी अहिले व्यावसायिक मौरीपालनमा लागेका छन् । उनको परिवार वर्षौदेखि आफूसँग भएको सीपमाब् गुजार गर्दै आएको थियो र त्यो पेशाबाट दैनिकी चल्न नसकेपछि आफूले मौरीपालन व्यवसायमा रोजेको उनले बताए ।

व्यावसायिक मौरीपालन अँगाल्नुभएकी उनले अहिले २० घारमा सेरेना जातको मौरी रहेका छन् । एक वर्षमा एक घारबाट पाँचदेखि सात केजीसम्म मह उत्पादन हुने गरेको उनको भनाइ छ । २० घारमा एक क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए ।

जिल्लामा वार्षिक ७२ टन मह उत्पादन हुँदै गरेको साविकको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । डडेल्धुराबाट एक वर्षमा तीन करोड ६० लाखको मह बिक्री हुने गरेको छ । महसँगै वार्षिक रु ६७ लाख ९० हजारसम्मको मौरीका गोलासमेतको घार बिक्री भइरहेको जिल्ला कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ अधिकृत दिलबहादुर विष्टले जानकारी दिए ।
डडेल्धुरा जिल्लामा आधुनिक १० हजार घार र पाँच हजार मुडे घारमा मौरीपालन भइरहेको साविको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क छ ।

वि.सं.२०७५ पुस १ आइतवार १३:२९ मा प्रकाशित

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले ‘अनुदानको...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

प्रविधिमैत्री बनाउन गोखाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर

प्रविधिमैत्री बनाउन गोखाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर

गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा...

विदेशबाट फर्किएर ड्रागन फ्रुटको व्यवसायिक खेतीमा रमाएका सरोज

विदेशबाट फर्किएर ड्रागन फ्रुटको व्यवसायिक खेतीमा रमाएका सरोज

केदार मगर, खोटाङ। रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको...