१ पुस,काठमाडौं । नेपालको जडिबुटी निकारीमा भारतले लगाएको पछिल्लो प्रतिबन्धप्रति अष्ट ज अभियान नेपालको गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
भारतीय व्यवसायीको माग बमोजिम नेपालका जडिबुटी व्यवसायी र उद्यमीहरुले खरिद गरी भारत निकासीका लागि तयार गरेको करोडौंको जडिबुटी रोकिइ लगानीकर्ताहरु निराश भएको समाचारले अभियानलाई स्तब्ध बनाएको अभियानले जनाएको छ ।
‘आफ्नो स्वार्थमा नेपाली जडिुटी र त्यसको श्रोत समेत दोहन गर्ने अनि व्यवसायिक रणनीति बनाइ क्वारेन्टाइनको बहाना देखाएर नेपाली जडिबुटी रोक्ने भारतीय रवैयाप्रति सरकारको अविलम्ब ध्यान पुगोस् भन्ने अनुरोध गर्दछौं ।’ अभियानका सचिव दिनेश भुसालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७५ पुस १ आइतवार १३:२३ मा प्रकाशित